छथर जोरपाटी धनकुटामा पहिलो चरणको दोस्रो खोप लगाईयो

0Shares

छथर जोरपाटी धनकुटामा पहिलो चरणको दोस्रो खोप लगाईयो

बैसाख १० धनकुटा ।

छथर जोरपाटी धनकुटामा कोभिड बिरुद्धको पहिलो चरण अन्तर्गतको दोस्रो खोपको मात्रा लगाउन शुरु गरिएको छ ।

बिहिबार र शुक्रबार २ दिन सम्म लगाईने उक्त भ्याक्सिनको पहिलो दिन ३१ पुरुष र ३२ महिला गरी ६३ जनाले लगाएका छन् ।

माघ १४,१६ र फागुन २ र ६ गते पहिलो मात्रा लगाईएका १ सय ७५ जनालाई दोस्रो खोप दिईने पालिकाका स्वास्थ्य प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तर्गत स्वास्थ्यकर्मी,महिला स्वयंमसेविका,जनप्रतिनिधी,गाउँपालिका कर्मचारी, र बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुलाई खोप लगाईएको हो ।

0Shares