धनकुटामा धनकुटा उद्योग बाणिज्य संघद्धारा सुरक्षाका विधि अवलम्वन गरी सुरक्षित रहनु धनकुटका व्यावसायीलाई आव्हन

10Shares

धनकुटा १९ बैसाख,धनकुटा उद्योग बाणिज्य संघले आज प्रेश विज्ञप्ती प्रकाशित गरी कोरोना भाईरस फेरी दिन प्रतिदिन महामारीको रुपमा तिव्र रुपमा धनकुटा जिल्लामा पनि फैलदै गएकाले सवै सुरक्षाका विधि अवलम्वन गरी सुरक्षित हुन व्यवसायी तथा व्यवासयी लगायत सवै धनकुटा वासीहरुमा आव्हन गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले प्रेश विज्ञप्ती जारी गर्दै महामारीकै रुपमा कडा किसिमको कोरोना भाईरस अहिले धनकुटा जिल्लामा पनि तिव्र रुपमा फैलदै गएकाले यसलाई थप फैलन नदिई रोकथाम गर्न सवैले आ आफ्नो क्षेत्रबाट सक्रिय पूर्वक भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान दिनका लागी समेत धनकुटा जिल्ला वासीहरुमा हार्दिक अपिल गर्नु भएको छ ।
कोरोना भाईरसबाट बच्नका लागी अतिआवाश्यक काम वाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा पनि अनिवार्य माक्स लगाएर सामाजिक दुरी कायम गरी आफ्नो काम गर्न समेत सवैलाई धनकुटा उद्योग बाणिज्य संघद्धारा जारी विज्ञप्तीमा अनुरोध गरिएको छ ।
धनकुटा जिल्लामा अहिले पिसिआर परिक्षणको रिपोर्टमा दैनिक आधा जर्दन भन्दा बढी कोरोना भाईरस देखिन थालेको हाल तिन दर्जनको हाराहारीमा पुगीसकेको र कोरोना भाईरस फैलने क्रम समेत तिव्र भैरहेको छ ।
कोरोना भाईरसबाट आतंकित भएको अहिलेको सयममा सवै धनकुटाका हामी उद्योगी,व्यावसायी तथा व्यापारीले अभाव सिर्जना हुन नदिई उपभोक्ताहरुलाई सर्वसुलव मुल्यमा गुणस्तरीय दैनिक उपभोग्य समाग्रीहरु सजह रुपमा उपलब्ध गराउन हाम्रो महत्पूर्ण दायित्व भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
व्यावसायी तथा व्यापारीहरुलाई अनिवार्य माक्स लगाउन पसलमा आउने उपभोक्ताहरुलाई समेत माक्स लगाउन दिएर समाजिक दुरी समेत अनिवार्य कायम गर्दै दैनिक उपभोग्य समाग्रीहरु अभाव हुन नदिई विक्रिवितरण सहज रुपमा गरी आफु पनि बाच्दै अरुलाई बचाउनका लागी यस दुखको घडीमा हामी सवै व्यावसायी तथा व्यापारीहरुमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले अनुरोध गर्नु भएको छ ।
कोरोना भाईरस तपाईहाम्रै घर आगनमा आईसकेकोले संयम भै सवै सुरक्षाका विधि अवलम्बन गरी कोरोना भाईरस विरुद्ध अझ सक्रिय र सशक्त ढंगबाट लड्न समेत सवै धनकुटावासीहरुमा धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती मार्फत आव्हन गरेको छ ।

10Shares