उसिनेको अण्डा यी रोगको लागि अचुक औषधि, छिटो पढ्नुहोस।


साउन २९ – अण्डा र हेल्दी डाइट अर्थात स्वस्थ्य खानाको महत्वपूर्ण अंग हो, जसले हाम्रो शरीरमा आवश्यक पोषक तत्वको कमीलाई पूरा गर्छ ।

अण्डा प्राय: मानिसलाई मन पर्छ ।
अण्डालाई खाजा, खाना जेमा पनि खान सकिन्छ ।

अण्डामा प्रोटीन, आइरन, भिटामिन ए, बी ६, बी १२, एमिनो एसिड, फस्फोरस र अनसेचुरेटेड फ्याटी एसिड पाइन्छ, जुन स्वास्थ्यका लागि अति आवश्यक हुन्छ ।

प्रतिरोधक क्षमता बढाउने अण्डा मांशाहारी खाना हो, तर जो मानिसहरु साकाहारी छन् उनीहरु पनि अण्डाको गुण र स्वादका कारण अण्डा खाना मन पराउँछन् ।

अण्डालाई उसिनेर अथवा फ्राई गरेर दुबै तरिकाले सेवन गर्न सकिन्छ ।

वजन नियन्त्रण गर्न चाहनु हुन्छ भने अण्डा उसिनेर खानु पर्छ ।

उसिनेको अण्डाको फाइदाहरुको बारेमा केही जानकारी ।

वजन नियन्त्रण गर्नका लागि

वजन नियन्त्रण गर्दै हुनुहुन्छ भने लगातार ७ देखि ८ हप्तासम्म खाजामा उमालेको अण्डा बिना पहेँलो भाग खानु पर्छ । यसले वजन ६५ प्रतिशतसम्म कम हुन्छ । वजन नियन्त्रण गर्दा उसिनेको अण्डा अति असरदार हुन्छ । उसिनेको अण्डाले मेटाबलिज्म बढाउँछ । यसलाई खाएपछि छिट्टै भोक लाग्दैन र वजन नियन्त्रण हुन्छ ।

आँखाको प्रकाश बढाउनका लागि

अण्डामा समावेश केरोटिनायड्स आँखाको स्वास्थ्यका लागि अति आवश्यक हुन्छ । यसले आँखाको मांसपेशिलाई बलियो बनाउँछ । यसका साथै आँखाको प्रकाश बढाउँछ । अण्डामा समावेश एन्टीअक्सीडेन्ट्स रेटीनालाई बलियो बनाउँछ, जसले मोतिबिन्दुको खतरा हुँदैन ।

स्मरणशक्ति बढाउनका लागि

अण्डामा समावेश कोलीनले स्मरणशक्ति तेजिलो बनाउँछ । यसमा समावेश भिटामिन बी १२ ले तनाव कम गर्न सहयोग पुऱ्याउँछ ।

जोर्नीको दुखाईबाट राहत

उसिनेको अण्डा जोर्नीको दुखाई र कम्मरको पीडाबाट राहत प्रदान गर्छ । अण्डामा भिटामिन डी र प्रोटीनजस्ता पोषण तत्व हड्डिलाई बलियो राख्छ । यसको साथै स्वस्थ्य पनि तन्दुरुस्त बनाउँछ ।

आइरनको कमी पूरा गर्न

अण्डा उसिनेर त्यस भित्रको पहेँलो भाग खानाले शरीरमा आइरनको कमी पूरा हुन्छ । यदि हाम्रो शरीरमा आइरनको कमी भयो भने दिनहुँ एउटा उसिनेको अण्डा सेवन गर्नु पर्छ ।

मांसपेशि मर्मतका लागि

अण्डाको सेतो भागमा प्रोटिन र अमीनो एसिड्स पर्याप्त मात्रामा समावेश हुन्छ, जसले शरीरमा मांसपेशि निर्माणमा सहयोग पुग्छ ।

मधुमेह नियन्त्रण गर्न

मधुमेहलाई नियन्त्रण गर्नका लागि दिनहुँ खाजामा उसिनेको अण्डा खानु पर्छ । अण्डाले मधुमेह नियन्त्रण गर्नुको साथै मेटाबलिज्म पनि बढाउँछ ।