चिनमा कोरोना भाइरसबाट १४ हजार बढीको मृत्यु, चिनले लुकायो रिपोर्ट।


कोरोनाभाइरसबाट अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भएको र १ हजार १८ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ । संक्रमितमध्ये ४० हजार १७१ जना चीनमै भएको चीनले सार्वजनिक गरेको सरकारी तथ्यांकले देखाएको छ ।
चीनमा मात्र अहिलेसम्म १ हजार भन्दा धेरैको मृत्यु भएको बताइएको छ ।

तर, पछिल्लो समय चीनमा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको र चीनले यो तथ्यांक लुकाउन ठूलो संख्यामा लाश जलाएको आशंका गरिएको ताइवानन्यूजले जनाएको छ ।

चीनको वुहान शहरको आकाशमा ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास देखिएको छ । लाश जलाउँदा यो ग्यास निस्किन्छ । ग्यासको ठूलो मात्राका कारण यहाँ ठूलो संख्यामा लाश जलाइएको आशंका गरिएको हो । वुहानका केही स्याटेलाइट तस्वीर सार्वजनिक भएका छन् जसमा वुहानको आकाशमा आगोको गोलाजस्तो केही पदार्थ देखिएको छ । यो गोला सल्फर डाइअक्साइड ग्यास उत्सर्जनका कारण देखिएको विज्ञले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार यति ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास त्यतिबेला मात्र उत्सर्जन हुन्छ जब ठूलो मात्रामा लाश वा मेडिकल वेष्ट जलाइन्छ । चीनको सामाजिक संजालमा पनि वुहान शहरको बाहिरी भागमा शवहरु जलाइएको दावी गरिएको छ ।

पर्यावरण विशेषज्ञका अनुसार यति ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास १४ हजार शव जलाउँदा उत्सर्जन हुन्छ । अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्टका अनुसार शव जलाउँदा सल्फर डाइअक्साइडका साथै प्यारा डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छ । वुहानमा पछिल्लो सप्ताहान्त सल्फर डाइअक्साइडको मात्रा १३५० माइक्रोग्राम प्रति घनमिटर थियो ।

जो सामान्य भन्दा धेरै बढी हो । विश्व स्वास्थ्य संगठनका अनुसार सामान्य अवस्थामा सल्फर डाइअक्साइडको मात्रा ८० माइक्रोग्राम प्रतिघनमिटर भन्दा धेरै कम हुनुपर्छ ।

केही मिडियाको दावी अनुसार वुहानमा आगामी केही दिनमा करिब ५ लाख नागरिक कोरोनाभाइरको संक्रमणमा पर्न सक्छन् ।