चिनमा कोरोना भाइरस सङ्क्रमितलाई राख्ने भवन भत्किए पछि सन्त्रास बढ्यो। अब के हुन्छ?

45Shares

एजेन्सी / चीनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको एक होटल भत्किँदा ७० जनाभन्दा बढी व्यक्ति पुरिएका छन् ।
        चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार कोरोना भाइरस संक्रमणका संदिग्ध बिरामीलाई उपचारका लागि राखिएको होटल भत्किएको हो । होटल भत्किँदा केही व्यक्ति मृत्यु समेत भएको आशंका गरिएको छ । चीनीयाँ अधिकारीका अनुसार भग्नावशेषमा पुरिएका            

       ७० मध्ये ४७ जनालाई उद्धार गरिसकिएको छ । आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् ।
      चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । होटल के कारणले भत्किएको भन्नेबारे पत्ता नलागेको बताइएको छ ।

45Shares