अजय देवगणको फिल्म तनहाजी ले बलिउडको सबै रेकर्ड तोड्यो।


१४ फाल्गुन – एक महिनाअघि रिलिज भएको अजय देवगनको फिलम ‘तान्हाजी’ ले भारतको बक्स अफिसमा अझै पनि राम्रो व्यापार गरिरहेको छ ।

अजयका अलावा सैफ अली खान र काजोलको शीर्ष भूमिका रहेको यो पिल्मले भारतमा मात्र २ सय ७५ करोड भारु कमाइ गरिसकेको छ ।भारतीय मिडियाका अनुसार फिल्मले अहिलेसम्म कैयन् रेकर्ड बनाएको छ ।
यो फिल्म महाराष्ट्रमा ‘बाहुबली २’ पछि सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । फिल्मको कमाइ जारी छ ।यो फिल्मले कैयन् स्टारका फिल्मलाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको हो । फिल्मले आमिर खानको फिल्म ‘दंगल’ को रेकर्ड पनि तोडेको छ ।