मलेसियामा एक नेपाली युवतिलाई छुरा हानी हत्या। कारण यस्तो।


कार्तिक २७/
मलेसियाको केलाङ शहरको एक नेपाली रेष्टुरेन्टमा कार्यरत नेपाली युवती आरति माया मगरलाई एक नेपाली युवकले छुरा प्रहार गरि हत्या गरेका छन।
मदिराले मातेको व्यक्ति उनि कार्यरत रेष्टुरेन्टमा प्रवेश गरि उनि काम गर्दागर्दैको अवस्थामा छुरा प्रहार गरेको खुल्न आएको छ ।
मृतक आरति मगरको शव हस्पिटलमा राखिएको छ भने प्रहरीले छुरा प्रहार गर्ने आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । आक्रमणकारीको नाम गणेश रहेको थाहा हुन आएको र दुबै एक आपासमा चिनजान रहेको खुल्न आएको छ। मृतक मगरलाई छुरा प्रहारगरि आफै पनि बेहोश भएकोले आक्रमणको कारण भने खुलेको छैन । हत्याको बिषयमा मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।