भोजमा दलितले खाना छोएको निहुमा कुटेर मारियो।

5Shares

मङ्सिर २४
बिश्व मा छुवाछूत सम्बन्धी अनेकन खबरहरु सुनिन्छन। जातभात को छुवाछूत को कारण सनसारमा विभिन्न अपराधहरु भैरहेका छन। साधरण घट्ना देखि अति दर्दनाक घटना हरु पनि भैरहेका छ्न।
हालै भारतको मध्य प्रदेशस्थित किशनपुर गाउँमा २५ वर्षीय एक दलित युवकले सोमवार भोजमा खाना छोएको भन्दै कथित उच्च जातिका दुई पुरुषले कुटीकुटी हत्या गरेका छन् । 
देवराज अनुरागी नामक ती युवकलाई भूरा सोनी र सन्तोष पाल नामक व्यक्तिहरूले हत्या गरेका हुन् । भोज सकिने बेलामा देवराज भाँडा माझ्न पुगेका थिए ।

देवराजले आफ्नो लागि आफैं खाना पस्केको देखेपछि दुईजनाले रिसाउँदै उनलाई लट्ठी प्रहार गरेर मारेको प्रहरी अधिकृत जसवन्त सिंह राजपूतले बताए ।
घटनापछि सोनी र पाल फरार छन् । उनीहरूलाई दलितविरुद्धको ज्यादती रोकथाम ऐनअन्तर्गत हत्याको उजुरी दर्ता गरिएको छ । 

दुवै आरोपितहरू किसान हुन् । भूराको आपराधिक इतिहास रहेको प्रहरीले जानकारी दिएको छ ।
एजेन्सी

5Shares