धनकुटामा लागू औषध सहित पक्राउ

42Shares

वैशाख १९ धनकुटा ।

लागु औषध कारोवारमा संलग्न दुई जनालाई आज धनकुटाबाट पक्राउ गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं ६ रमाइलो घुम्ती बस्ने बर्ष २३ को रुपेश मरिक र धनकुटा नगरपालिका वडा नं ७ सिरवानि बस्ने बर्ष २९ को “प्रबिण” भनिने हरी सुन्दर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको हो ।

हिजो मात्रै धनकुटाको मदन चौकदेखि पक्राउ परेका धनकुटाकाे बुढीमोरङ घर भई हाल धरान उपमहानगरपालिका १९ वस्दै आएका २३ वर्षका भिमराज लिम्वुको बयानको आधारमा रुपेश र सुन्दरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक काशीनाथ रेग्मीले बताउनु भयो ।

धनकुटा नगरपालिका मदन चौकमा पैदल यात्रा गरिरहेको अवस्थामा पक्राउ परेका लिम्वुको साथबाट प्रहरीले ४७ पीस डाईजेल्याप, ४४ पीस एभिएल ३८ पीस लुप्रिजेसिक र लागुऔषध प्रयोग गर्ने ४ वटा सुई सहित १ सय ३० एम्पुल बरामद गरेको थियो ।

लिम्वुको बयान पछि प्रहरी निरीक्षक काशीनाथ रेग्मी सहितको प्रहरी टोली खटिएर अनुसन्धान गर्दा सुन्दरको कोठाबाट २० एम्पुल एभिल,२० एम्पुल लुप्रिजेसिक, डाईजिल्याप २० एम्पुल र प्रोमेथजिन २० एम्पुल फेला पारिएको छ । पक्राउ परेका तीनै जना माथि जिल्ला अदालत धनकुटाबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सञ्चार शाखाले जनाएको छ ।

42Shares