धनकुटा पाख्रीवासमा फेला दुईवटा शवको पहिचान खुल्यो

27Shares

वैशाख २१ धनकुटा ।

धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.- ७ राम्चे डाँडा नजिकको जंगलमा फेला परेको दुई वटा शवको पहिचान खुलेको छ ।

भेटिएका शव पाख्रीवास नगरपालिका वडा नं.- ६ तिल्केका २२ वर्षका सुनिल थापा र २० वर्षका सिर्जना गुरागाईँ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तुलाल जैसवालले बताउनु भयो ।

मृत फेला परेका थापा र गुरागाईँ श्रीमान-श्रीमती रहेको डिएसपी जैसवालले वताउनुभयो । दुईवटा शव मध्ये सुनिलको शव रुखमा झुण्डिएको र सिर्जनाको शव भुँईमा लडिरहेको अवस्थामा एकै ठाउँमा फेला परेको थियो । घटना स्थल र शव को अवस्था हेर्दा घटना दुई दिन अघि कै हुन सक्ने प्रहरीको अनुमान छ ।शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।

खवर प्राप्त गरे लगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारी,डिएसपी जैसवाल सहितको टोली घटना स्थल पुगेको थियो । उनिहरु केही दिन अघि नै घरबाट निस्किएको पाईएको र घटनाको वारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

27Shares