टिकटक बन्द भयो अब के हुन्छ?


असोज २७
बिगत केही महिना पहिला भारत सरकार ले ईन्डिया मा टिकटक बन्द गरेको थियो । सोही समाचार नेपाल भर भाईरल भएको थियो । अहिले पुन पाकिस्तान को समाचार अहिले नेपालमा भाईलर भएको छ । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अ’नैतिक’ र ‘अ’श्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्र तिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण (पीटीए) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गु नासो बढेपछि प्र’तिबन्ध लगाउने निर्णय गरिएको बताएको छ । टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाए मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले जनाएको छ । यसबारेमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ । उसले यसबारेमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ ।