पत्रकारहरुको सदस्यता नविकरण शु्ल्क पत्रकार महासंघले तिरिदिने।

32Shares

पौष २१ धनकुटा ।नरेन्द्र कश्चित
कोरोना महामारीका कारणबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाले महासंघमा आवद्ध सदस्यहरुको सदस्यता नविकरण शुल्क तिरिदिने निर्णय गरेको छ ।
आज बसेको बैठकले नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको सदस्यता नविकरण शुल्क आन्तरिक स्रोतको व्यवस्थापनबाट नेपाल पत्रकार महासंघ धनकुटा शाखाले शाखामा आवद्ध सदस्यहरुको शुल्क तिरिदिने निर्णय गरेको महासंघका सचिव विदुर खवासले बताउनु भयो ।
आजै बसेको बैठकले नेपाल पत्रकार महासंघ धनकुटाले माघ १७ गते साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आज बसेको कार्यसमितीको बैठकले साधारण सभाको मिती तोकेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव खवासले बताउनु भयो ।
गत चैत मै साधारण सभा गर्ने मिती तोकिए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण साधारण सभा स्थिगत भएको थियो ।

सधारण सभा सम्पन्न गर्न लागि विभिन्न उपसमितीहरु गठन समेत गरिएको छ ।

32Shares