कोरोना भाइरसले सङ्ग्क्रमित भैरहेको बेलामा नेपालले चिनको बदनाम गर्यो। कारण यो रहेछ।


फाल्गुन ७ – द काठमाडौ पोष्ट दैनिकमा प्रकाशित एउटा समाचार र फोटो को बिषयमा चिनियाँ नागरिक तथा नेपालका लागि चाइना मिडिया ग्रुप का प्रमुख चाङ्ग उए (वर्षा) ले कडा आपत्ति जनाएकि छिन।
उनले उक्त प्रकाशित समाचार र फोटोले चिनियाँ नागरिकको अपमान गरेको बताएकि छिन।
उनले उक्त समाचारको टिप्पणी गर्दै सामाजिक सन्जाल फेसबुकमा काठमाडौं पोस्ट का नाममा लामो पत्र लेखेको छिन। उनले अपमान हुने समाचार प्रकाशन गरेकोमा क्षमा माग्नु पर्ने अनुरोध गरेकी छिन। पत्रमा चीन कोरोना भाइरसले सङ्क्रमित भैरहेको बेला माओत्सेतुङले माक्स लगाएको फोटो छापी चिनियाँ नागरिक तथा राष्ट्र कै बदनाम गरेको जनाएकी छिन।
उनले लेखेकी पत्र जस्ताको त्यस्तै
आदरणीय सम्पादक ज्यु
द काठमाडौ पोष्ट
नेपालको सन्चार क्षेत्रमा अग्राणी भुमिका निर्वाह गरिरहेको कान्तिपुर गृह क्षेत्र बाट प्रकाशित भैरहेको द काठमाडौ पोष्ट को फाल्गुन ६ मङ्गलाबार तदनुसार फेब्रवरि १८ तारिख प्रकाशित “चाइना सेक्रेसि ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वोर्स” को लेखले माही सबै चिनियाँ हरुको अपमान गरेको छ। बिदेशी सन्चार माध्यम मा पहिले नै प्रकासित लेख भएकोले लेखले भन्दा प्रकाशित फोटो आपत्तिजनक छ।
अध्यक्ष माओत्सेतुङ लाई सम्पुर्ण चिनियाँ जनताले उच्च सम्मान तथा आदर गर्दछन। चिनियाँ जन बैंकले निष्कासन गरेको मुद्रमा आदरणीय अध्यक्ष माओत्सेतुङको फोटो राखिएको छ। तपाइको पत्रीकाले चिनियाँ मुद्रा १ सयको युआनको नोटमा अङ्ग्कित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चिनको सार्बभौमिक्ता र चीन प्रतिको घोर अपमान गर्नु भएको छ।
यति बेला चीन कोरोना भाइरस सङ्ग्क्रम्णको विरुद्ध मा चत्तचित्त भएर लागि परेको छ। कोरोना भाइरस बाट बच्नको लागि सबै चिनियाँ ले मास्क लगाउछन।
चिनियाँ ले मात्र हैन अहिले बिश्वका अधिकाङ्ष भागमा मास्क लाउन बिश्व स्वास्थ संगठन ले सबैलाई अपिल गरेको छ। तपाईं लाई चिनियाँ ले मास्क लगाएको फोटो चाहिएको भए दिन सक्छु। अथाव ईन्टरनेट मा जताततै भेट्नुहुन्छ। आधुनिक चिनको महान नेताको अपमान गरेर प्रकाशन गर्नु नेपाल र चिनको मैत्री सम्बन्ध लाई पनि धक्का लगाउनु हो। चीन र चिनियाँ लाई घोर अपमान गर्नु हो। हामी चिनियाँ हरु नेपाल र नेपालिलाई उच्च सम्मान र माया गर्दछौं ।
नेपाल र नेपाली ले भोगेको बिपत्ति मा चीन र चिनियाले सक्तो सहयोग गरेकै छन। कोरोना भाइरसको बिरुद्ध नेपाली हरुले आ- आफ्नो ठाउबाट चीन र चिनियाँ लाई सहयोग र समर्थन जनाईरहेका छन। तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रीका ले दुई देश बिचको मैत्रीपुर्ण सम्बन्धलाई ख्याल नगरिकन यश प्रकारको फोटो तथा स्केच प्रकाशन गरेकोमा खेद ब्याक्त गर्दछु यश प्रकारको कार्यको धृष्टता पुर्ण बिरोध र प्रतिबाद गर्दछु। रोग र सङ्ग्क्रमणको कुनै भौगोलिक सिमा हुदैन। कुनै बिपत्तिले न त कुनै देश गन्छ न त भौगोलिक सिमा नै मान्छ। अहिले पश्चिमा जगतले चिनमाथी बिभेदपुर्ण सामाग्री प्रकाशन गरिरहेको बेला चिनकै असल छिमेकी नेपालको सन्चारमाध्यमले पश्चिमा जगतको लहै लहैमा लागेर चीन माथी होलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनतालाइ कदापी स्विकार्य छैन।
आशा छ नेपाली सन्चारमाध्यम हरुले नेपाल र चिनको मैत्री सम्बन्धलाई ख्याल गर्नेछ। अनि कोरोना भाइरस विरुद्ध लढ्नलाई सहयोग गर्नेछन। धन्यवाद