उत्तर कोरिया र दक्षिण कोरियाको शत्रुता झन बढ्दै। किम जोङ्गले यस्तो गरे।

13Shares

जेष्ठ २८/ उत्तर काेरियाले दक्षिण काेरियासँगकाे सबै सञ्चार सम्पर्क बन्द गरेको बताएकाे छ । 

सन् १९५३ मा काेरियाली युद्ध समाप्त भएपछि दुवै देशबीच शान्ति सम्झाैता भएकाे छैन, यस कारण अझै पनि दुवै देश प्राविधिक रुपमा युद्धकाे अवस्थामा छन् । 

उत्तर काेरियाकाे सरकारी न्युज एजेन्सी काेरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले भनेकाे छ, ‘उत्तर र दक्षिण काेरियाबीच स्थापित गरिएकाे सम्पर्क लाइन पूर्णरुपमा टुट्दैछ र बन्द हुँदैछ, जसलाई उत्तर–दक्षिण काेरियाले संयुक्त कार्यालयकाे माध्यमबाट स्थापना गरेका थिए । याे कार्यालय सन् २०२० जुन ९ मध्याह्न १२ बजे बन्द गरिँदैछ ।’

उत्तर कोरियाले सैन्य सञ्चार च्यानल पनि बन्द गरिने जनाएको छ । 

काेभिड–१९ महामारीकाे कारण लागू गरिएकाे प्रतिबन्धकाे कारण सम्पर्क कार्यालय जनवरीमा अस्थाइ रुपमा बन्द गरिएकाे थियाे । यद्यपि दुई देशबीच फाेनकाे माध्यमबाट भने सम्पर्क भइरहेकाे थियाे ।

दुई देशबीच कार्यालयबाट बिहान ९ बजे र साँझ ५ बजे दुईचाेटि फाेन हुने गरेकाे थियाे । 

साेमबार दक्षिण काेरियाले २१ महिनामा पहिलाे पटक बिहानकाे फाेनकाे जवाफ नआएकाे बताएकाे थियाे त दिउँसाे भने सम्पर्क भएकाे थियाे । 

13Shares