कोरोनाको महामारी सङ्गै जापानलाई अर्को बिपत्ती। तातो हावाले २५ जनाको ज्यान लियो।


भदौ ११/ जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्या’न गएको । त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस वि’रामी परेका छन् ।जापानको वि’पद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो । उक्त केन्द्रका अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बि’रामी परेका छन् ।यस तातो हावाबाट यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै वि’रामी परेका बताइएको छ ।

  यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई ब’ढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्र’भावित पारेको र वि’रामी बनाएको छ ।उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यका साथ रहेका बताइएको ।प्राप्त समाचारमा जनाइएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ । यो तापक्रम जापानका लागि निकै ब’ढी हो ।गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १२६ जना नागरिकको ज्या’न गएको थियो । एएनआई