अमेरिकी रास्ट्रपतिय चुनाबमा डेमोक्रेटिक का जोय बाइडेन जित्ने लगभग पक्का।

10Shares

कार्तिक २०/ अमेरिकामा राष्ट्रपतिको निर्वाचन अन्तर्गत मतगणना जारी छ। नेपाली समुदायले पनि राष्ट्रपतिको मतपरिणामलाई चासो पूर्वक हेर्न थालेका छन्।

रिपब्लिकनको तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट्सको तर्फबाट पूर्व उप राष्ट्रपति जोय बाइडेन चुनावी मैदानमा छन्। यति बेला अधिकांश स्थानको मतगणना सकिसकेको छ। केही राज्यहरुको मतगणना बाँकी छँदै दुबै उम्मेद्वारले जित आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।

पेन्सलभानियाको जित आफ्नो पक्षमा आएपछि ट्रम्प पक्षले जित आफ्नो हुने दाबी पेश गरेका हुन्। यता विन्स्कन्सिनको मत आफ्नो पक्षमा आएपछि जोय बाइडेनले जित आफ्नो पोल्टामा आइसकेको दाबी पेश गरेका छन्। पछिल्लो समयको मत गणना अनुसार ट्रम्प ले २१४ मत प्राप्त गरेका छन भने बाइडेनले २६४ मत प्राप्त गरिसकेका छन।

अमेरिकामा राष्ट्रपति चुन्नका लागि २७० इलेक्ट्रोल मत आवश्यक हुन्छ। ५३८ इलेक्ट्रोल मत रहेकोमा अमेरिकी सञ्चारमाध्यमकाअनुसार बाइडेनले अग्रता हासिल गरेको देखिन्छ।

10Shares