अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प नै बन्ने – अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओ

13Shares

कार्तिक २६ / अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चुनावको नतिजा ‘खारेज’ गरि डोनाल्ड ट्रम्प प्रशासनको दोस्रो कार्यकालको तयारी रहेको बताएका छन् ।

विश्व समुदायले राष्ट्रपतिमा निर्वाचित भएको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन लाई बधाई तथा शुभाकामना दिइरहेका बेला ट्रम्प सत्ताका विदेश मन्त्रीले ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकालका लागि सहज ट्रान्जिसन’ हुने बताएका हुन् ।

मंगलबार विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोम्पेओले मुस्कुराउँदै भने, ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकाल’ बताएका हुन् । उनले नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएको घोषित गरिएको कुरा उल्लेख नै गरेनन् ।

केही राज्यमा मतगणना जारी रहँदा बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० इलेक्टोलर कलेज मतको आँकडा पार गरेका छन् ।

समग्र मतमा जो बाइडेन ट्रम्प भन्दा ४७ लाख भन्दा धेरै मतले अघि छन् । चार वर्ष पहिलेको चुनावमा ट्रम्प इलेक्टोरल कलेज मतमा विजयी भए पनि समग्र मतमा हिलारी क्लिन्टन भन्दा पछि परेका थिए ।

विदेश मन्त्री पोम्पेओले ट्रम्प प्रशासनले प्रमाण बिना लगाएको चुनावमा धाँधलीको आरोपमा विशेष जोड दिए । उनले दोस्रो कार्यकालका लागि तयार रहेको बताउँदै भने, ‘हामी तयार छौँ । विश्वले के भइरहेको छ भन्ने हेरिरहेको छ । हामी सबै मतगणना गर्ने छौँ । जब प्रक्रिया पूरा हुनेछ, त्यसपछि इलेक्टोरल कलेज मत छनौट हुनेछ । संविधानले व्यवस्था गरेको स्पष्ट प्रक्रिया छ ।’

विदेश मन्त्रलायले अहिले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको टिमसँग सम्पर्क वा संवाद गरेको छैन । ट्रम्प नै निर्वाचित भए जसरी सबै सरकारी निकायलाई बजेट प्रवाह गर्न भनिएको छ ।

पोम्पेओको टिप्पणीलाई लिएर तीव्र आलोचना सुरु भएको छ । उनको टिप्पणी प्रजातन्त्र र जनताको मतको अवमुल्यन भएको भन्दै आलोचना भइरहेको छ ।

तर ट्रम्पले भने ट्वीट गरेर उनको सो टिप्पणीलाई स्वागत गर्दै पोम्पेओ उत्कृष्ट हुनेको कारण नै यहि रहेको उल्लेख गरेका छन् ।

13Shares