मलेसियामा भोलि देखि फेरि लकडाउन शुरु।


मलेसिया
मलेसियाको प्रधानमन्त्री तान श्री मोहमुद्दिन यासिन ले आज आवतजावत,आवागमन नियन्त्रण आदेश (movement control order) एमसिओ पुनः लागू भएको घोषणा गरेको छ।

आज मिति सन् २०२१ , जनवरी ११ तारिख सोमबारको दिन स्थानीय समयअनुसार साझ ०६:०० बजे मलेसियाको प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले स्थानीय टेलिभिजनमार्फत जनताको नाममा सम्बोधन गर्दै, मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ ) यहीँ जनवरी १३ तारिख बुधबारदेखी लागु हुनेगरी जनवरी २६ तारिखसम्म दुई हप्ताको लागी पुनः एमसिओ लागू गरिएको प्रधानमन्त्री यासिनले बताउनुभयो।

मलेसियामा पछिल्लो समयमा कोरोना भाइरसले ज्यान जानेको संख्या दिनानुदिन बढ्दै गैइरहेकोले पुनः एमसिओ लागू गर्नु परेको सम्बोधनका क्रममा प्रधानमन्त्री यासिनले भने । तर एमसिओ यहाँको क्षेत्रहरु मध्य जम्मा ८ वटा क्षेत्रहरु क्रमशः सेलाङ्गर,क्वालालम्पुर,पुलाउ पेनाङ,पुत्राजाया,लाबुआन,जोहोर,साबाह,मलाका क्षेत्रमा कोरोनाले संक्रमित हुनेको र मृत्यु हुनेको संख्या उच्च रहेकोले यी ८ वटा क्षेत्रहरुमा मात्रै एअसिओ लागू गरिएको प्रधानमन्त्री यासिनले स्पष्ट पारे।

कोरोना संक्रमणको जोखिम कम रहेको बाँकी अन्य क्षेत्रहरु क्रमशः केडाह,पेराक,नेगेरी सेम्बिलान,केलान्तान,तेरेङ्गानु,पाहाङ,सारावाक,पेरलिस लगायतको क्षेत्रमा पहिले सरहनै सिएमसिओ, आरएमसिओ जारी रहेको प्रधानमन्त्री यासिनले बताए ।

एमसिओ लागू हुनेभएपछि मलेसिया कार्यरत भिसाको म्याद सकिएका र स्वदेश फर्किने तयारीमा रहेका विदेशी श्रमिकहरु संगै नेपाली श्रमिकहरु समेत प्रभावित हुने देखिएको छ।