मलेसिया सरकारले फेब्रुअरी १८ तारिखसम्म २ हप्ताको लागी फेरि लकडाउन थप्यो।


मलेसिया
मलेसिया सरकारले सरावक प्रान्तको केही क्षेत्र बाहेक देशको सबै राज्यहरुमा हालै लागू गरिएको MCO (movement control order) लाई लम्बाएर फेब्रुअरी १८ तारिख सम्म पुराइएको घोषणा यहाको बरिस्ठ रक्षामन्त्री दातुक इस्लाइल साब्री याकोबले एक प्रेस सम्मेलनमा गरेका छन।
यो घोषणा ले फेब्रुअरी १२,१३ मा आउदै गरेको चाइनिज नया बर्षको उत्सबलाई प्रभाब पार्ने भएको छ।

यहाको स्वास्थ मन्त्रालय ले गरेको जोखिम मुल्यांकन अनुसार मलेसिया को अबै राज्यहरू मा कोरोना संक्रमण दैनिक रुपमा बढिरहेको हुनाले MCO फेरि लम्ब्याउनु पर्ने आवश्यकता औल्याएको हो।
राष्ट्रिय सुरक्षा परिषदले आज बसेको बैठकमा MCO लाई लम्ब्याएर फेब्रुअरी १८ सम्म बिस्तार पर्ने आवश्यकतामा सहमति जनाएको छ।
मलेमेल बाट