सार्वजनिक यातायात आज देखि अनिश्चित काल सम्म बन्द। प्रदेश नम्बर १ का मुख्य मन्त्री यस्को दोषी।

19Shares


कार्तिक २४/ प्रदेश १ मा आजबाट सार्वजनिक यातायात बन्द भएका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघ, प्रदेश १ को निर्णय अनुसार प्रदेश १ भरका तीन पाङ्ग्रेदेखि सबै प्रकारका सार्वजनिक सवारी साधनहरु बन्द भएका हुन् । महासंघ प्रदेश १ ले बिहिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसका कारण सिर्जना भएकाे समस्याहरुकाे सुनुवाई नभएकाले विराेध स्वरूप सवारी बन्द गर्नु परेकाे बताएको थियो ।
सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरेर हडताल गर्ने पक्षमा पुगेको सार्वजनिक यातायात केन्द्रिय महासंघ, १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले बताए । खत्रीले अन्य सबै प्रदेशमा कर छुट गरेको भएपनि प्रदेश १ सरकारले कुनै सहुलियत नदिएको बताए । उनले भने,‘सबै प्रदेशमा कर छुट गरेको छ तर हाम्रो प्रदेशमा भने छैन, मुख्यमन्त्रीले आश्वासन मात्र दिनभयो, पुरा गर्नुभएन ।’ उनले यातायात क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्रमा समेत नराखेको बताउदै मौद्रिक नीतिमा समेत आफूहरुलाई झुक्याउने काम भएको जानकारी दिए ।
यातायात व्यवसायीहरुले नौ बुँदे माग राख्दै सम्बोधन नभएसम्म बन्द हडताल नरोक्ने बताएका छन् । मागहरूलाइ नजरअन्दाज नगर्न उनिहरुले आग्रह गरेका छन् । नजरअन्दाज गर्दा अप्रिय घटना घटे त्यसकाे जिम्मेवार सरकारले लिनु पर्ने चेतावनी दिएका छन् । महासंघले अत्यावश्यक सेवाका सवारी साधन भने बन्द नहुने बताएको छ ।

19Shares