केपि ओलिले आफ्नो उपचारको नाममा राज्यको १७ करोड भन्दा बढी सिध्याए। सम्पुर्ण विवरण हेर्नुहोस


फाल्गुन २२ – पूर्वसचिव भीम उपाध्ययले फेसबुकको वालमा राखेको तथ्यांक अनुसार भने ओलीले हालसम्म १७ करोड ६६ लाख ६७ हजार ९ सय २ रुपैयाँ सरकारी कोषबाट लिएका छन्।

यद्यपी पछिल्लो चार बर्ष यता ओलीले थप के कति रकम नेपाल राज्यकोषबाट उपचार खर्च लिए, त्यो भने सार्वजनिक भएको छैन। गत भदौमा सिंगापुरमा उपचार गराउन गएका ओलीको खर्च विवरण र स्रोत अझै खुलेको छ। सो विषयमा पटक–पटक प्रश्न उठ्ने गरेपनि त्यो बेलाको खर्च विवरण सार्वजनिक हुन नसकेको हो।

यस्तो छ ओलीले ०५४ देखि ०७२ सम्म राज्यकोषबाट लिएको उपचार खर्चको विवरणः

– २०५४ असार १५ गते २० लाख २५ हजार।
– २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय।
– २०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय।
– २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार।
– २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार।
– २०७१ चैत ५ गते ३७ लाख ७३ हजार।
– २०७२ कार्तिक ९ गते २ करोड १२ लाख ३ सय।
– २०७२ फागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ।
यसरी ओलीले ०७२ फागुन सम्ममा जम्मा १७ करोड ६६ लाख ६७ हजार ९ सय २ रुपैयाँ राज्यकोषबाट उपचार खर्च लिएका छन्।(खबर डबली को सहयोगमा)