
साउन १९/ सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जादा नौ जना पुरिएका छन् । जसमध्ये एक जनाको जीवितै उद्धार भएको छ ।
पहिरोमा पुरिएकामध्ये आठ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको स्थानीय दिनेश श्रेष्ठले बताए ।
‘हराएका नौ जनामध्ये एकजनाको जीवितै उद्धार भएको छ । अहिले उनी सकुशल छन्’, उनले भने, ‘हराएका आठ जना जीवितै रहन सक्ने सम्भावना अब कमै मात्र छ ।’
मध्यराति २ बजे मेलम्ची बजार (मेलम्ची नगरपालिका –८)मा पहिरो खसेको थियो । पहिरोले एउटा व्यापारिक ट्रष्टसमेत बगाएको छ ।
राति ३ बजेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि खटिएको स्थानीयवासी श्रेष्ठले बताए ।