धनकुटामा पहिरोले पुरेर एक बच्चिको मृत्यु।

14Shares

असोज ८। निरन्तर वर्षातको कारण झरेको पहिरोले पुरिएर धनकुटाको महालक्ष्मी नगरपालिका ९ तल्लो सिरिसेमा एक वच्चीको मृत्यू भएको छ ।
आज दिउँसो खसेको पहिरोले त्यहाँका धन बहादुर आङ्लाको घर पुरिँदा उहाकी ७ महिनाकी वच्चीको समेत पुरिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
जुम्ल्याहा दुई वच्ची मध्ये एक जनालाई आमाले भगाएर वचाउन सफल भएको तर एक जनाको मृत्यू भएको प्रहरीको भनाई छ । पहिरोको कारण धन वहादुर आङला समेत सामान्य घाईते भएका छन । घटना स्थलमा अहिले जितपुरबाट प्रहरी टोली गईसकेको र जिल्लाबाट समेत जाने तयारी भईरहेको जनाईएको छ । अहिले पनि धनकुटामा निरन्तर पानी परिरहेकाे छ ।

धनकुटा खबर डट कम बाट

14Shares