सहिद भिम नारायण स्मृति प्रतिष्ठानद्वारा पहिरो पीडितलाई राहत वितरण


– नरेन्द्र कश्चित पौष ६ धनकुटा ।
धनकुटाका पहिरो पीडित विपिन्न परिवारहरुलाई आज शहिद भीम नारायण स्मृती प्रतिष्ठान धनकुटाले राहत वितरण गरेको छ ।

शहिद भीम नारायण स्मृती प्रतिष्ठान धनकुटाको अनुरोधमा काठमाण्डौ स्थित बौद्ध धर्मलम्बी गुम्बाको सहयोगबाट राहत पहिरो पीडित परिवारलाई प्रदान गरिएको हो ।

धनकुटा नगरपालिका वडा नं ८ याक्ते,धनकुटा नगरपालिका वडा नं ५ र ६ महालक्ष्मी नगरपालिका मूर्तीढुंगाका पहिरो पीडित १३ विपन्न परिवारहरुलाई आज शहिद भीम नारायण स्मृती प्रतिष्ठानको तर्फबाट पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,प्रतिष्ठानका प्रमुख संरक्षक नेपाली कांग्रेसका आमान्त्रित केन्द्रीय सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,महासचिव रोशन श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई लगायतकाले राहत सामाग्रीहरु वितरण गर्नु भएको थियो । धनकुटा नगरपालिका वडा नं ८ याक्तेका इन्द्रहाङ्ग राई,चक्र वहादुर राई,आज्ञास्वरी राई,सुमन सिंह राई,मन कुमारी राई,बिष्टलाल राई,लिला राई धनकुटा ६ का ऋतु श्रेष्ठ,महालक्ष्मी नगरपालिका मूर्तीढुंगाका स्व टाङ्ग वहादुर आङ्लाका परिवार लगायत १३ विपिन्न पहिरो पिडित परिवारलाई दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको राहत वितरण कार्यक्रमको संचालन महासचिव रोशन श्रेष्ठले गर्नु भएको थियो ।