अग्निपिडितलाई ५ हजार नगद र खाद्यान्न वितरण।

0Shares

माघ १२ धनकुटा ।-नरेन्द्र कश्चित

शहिदभुमि गाउँपालिका वडा नं ६ आँखिसल्ला माम्फिङ निवासी अग्निपडित कृष्णे राईलाई नगद ५ हजार र २ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

हातेमालो सेवा समाज शहिदभुमि गाउँपालिका वडा नं ६ ले पौष २९ गते बुधबारका दिन साविक आंखिसल्ला-७,हाल सहिदभुमी गाउपालिका-६ निवासी श्री कृष्णे राईको दिउसो अन्दाजि ३:०० बजेको समयमा अचानक आगलागी हुदा घरमा रहेका सम्पुर्ण मालसामान,अन्नपातसहित फुसको छानो भएको घर पुर्णरुपले जलेर क्षति भएकोले सहयोग स्वरुप उक्त रकम र खाद्यान्न वितरण गरिएको समाजका अध्यक्ष प्रदिप राईले बताउनु भयो ।
अहिले छिमेकिकोमा बस्दै आउनु भएका निज अग्निपिडित राईलाई सामाजिक सेवामा सक्रिय संस्था हातेमालो सेवा समाज सहिदभुमी-६ अंखिसल्ला,धनकुटाले सहयोग स्वरुप नगद ५ हजार र सेवा समाजका पदाधिकारी तथा समाजसेवी ब्याक्तित्वहरुको तर्फबाट २ हजार बराबरको खाद्यान्न सामाग्री घटनास्थलमा पुगि हस्तान्तरण गरिएको समाजका अध्यक्ष राईले बताउनुभयो ।

0Shares