धनकुटामा आगोमा जलेर महिलाको मृत्यु।

6Shares

धनकुटा
धनकुटा नगरपालिका वडा नं ९ बेलहारामा आज बिहान जलेर एक वृद्धाको मृत्यू भएको छ । मृत्यू हुनेमा ८८ वर्षकी वृद्धा भक्त कुमारी वराल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । आफ्नै घरको एक कोठामा आगो ताप्ने क्रममा लुगाबाट सल्केको आगोले जलेर वरालको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्यहरु वाहिर रहेको र उहाँ एक्लै आगो ताप्दैगरेको समयमा लुगाबाट आगो सल्किएको जनाईएको छ । वरालको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुुटामा राखिएको छ ।

6Shares