धनकुटामा अग्नि पिडितलाई राहत प्रदान

27Shares

फागुन २,धनकुटा ।
आगलागीबाट घर नष्ट भएका छथर जोरपाटी वडा नं. ४ का पूर्णबहादुर बिश्वकर्माको परिवारलाई राहत उपलब्ध गराईएको छ ।

माघ २९ गते राती अज्ञात ब्यक्तिहरुबाट भएको आगजनीबाट घर नष्ट भएका बिश्वकर्माको परिवारलाई स्थानिय बिपद ब्यबस्थापन समिति छथर गाउँपालिका,जिल्ला बिपद ब्यबस्थापन समिति जिल्ला प्रशासन कार्यालय धनकुटा र रेडक्रस सोसाईटी कार्यालय धनकुटाले राहत उपलब्ध गराएको हो ।

बिश्वकर्माको परिवारलाई गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अगुवाईमा गएको टोलीले आज उनको घरमा पुगेर राहत दिईएको हो ।

बिश्वकर्मालाई स्थानिय बिपद ब्यबस्थापन समिति छथर गाउँपालिकाले जस्तापाता,सिरक,डस्ना,कम्वल,बाल्टी,सिरानी,चामल,दाल,नुन,तेल,लगाउने कपडा सहयोग गरेको स्थानिय बिपद ब्यबस्थापन समिति छथर जोरपाटीका सदस्य सचिव नेत्रबहादुर श्रेष्ठले बताउनु दिनुभयो ।

जिल्ला बिपद ब्यबस्थापन समिति जिल्ला प्रशासन कार्यालय धनकुटाले नगद रु १५ हजार र जिल्ला रेडक्रसले ९ हजार ५ सय बराबरको त्रिपाल,लत्ताकपडा,भाडावर्तन तथा बन्दोबस्तिका सामान उपलब्ध गराएको थियो ।

उक्त सामाग्री अध्यक्ष लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठ सहित प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल ,जिल्ला रेडक्रस सभापति हरीकुमार राई,वडा नं. ४ का अध्यक्ष टेक बहादुर घिसिङ्गले हस्तान्तरण गर्नुभएको थियो ।

राहत बितरण कार्यक्रममा बरख गण सल्लेरी ब्यारेक धनकुटाका सेनानी किशोर खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोबिन्द अधिकारी,श–सस्त्र प्रहरी बल धनकुटाका सहायक प्रहरी उपरीक्षक रामचन्द्र श्रेष्ठ,प्रहरी चौकी सिंधुवाका भद्रबहादुर कटुवाल लगाएत स्थानिय संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

27Shares