शहिदभुमी गाउँपालिका ६ का बाढीपहिरो पिडितलाई राहत प्रदान


फागुन २० धनकुटा

धनकुटाको सहिदभुमि गाँउपालिकाले गत साउन भदौको वर्षाका कारण पूर्ण घरबार क्षति भएका अति विपन्न परिवारलाई प्रति परिवार नगद रू २० हजार सहित राहत प्रदान गरिएको छ ।

सहिदभुमि गाँउपालिकालकाको वडा नं ६ का बाढी पहिरो पीडित मान बहादुर राना मगर र जमान सिंह राईको परिवारलाई वडा नं ६ का वडा अध्यक्ष हेम कुमार राईले पीडितको घरमै पुगेर नगद रु २०/२० हजार नगद सहित कम्बल प्रदान गरेको हो ।

वडा नम्बर ६ मा बाढी पहिरो पीडित १३ घर परिवार भएपनि अति विपन्न तथा पूर्ण रुपमा क्षति भएका दुई घर परिवारलाई नगद सहित कम्बल वितरण गरेको वडा अध्यक्ष हेम कुमार राईले बताउनु भयो ।

यस अघि जिल्ला रेडक्रस , गाँउपालिका र वडा कार्यलयबाट बाढिपिडित परिवारलाई खाद्यान्न सामाग्री , त्रिपाल लगायतको सामाग्री प्रदान गरेको वडा कार्यालयले जनाएको छ ।

गाँउपालिका भित्रका बाढी पहिरो पीडित घरपरिवारलाई घर बनाउन , बस्ति स्थान्नतरण तथा व्यवस्थापन गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत पहल भइरहेको गाँउपालिकाले जनाएको छ ।