पत्रकार एवं साहित्यकार राजकुमार दिक्पालको घरमा आगलागी।

92Shares

फागुन २८ धनकुटा ।

धनकुटा नगरपालिका वडा नं.४ भोटेचौताराका पत्रकार एवं साहित्यकार राजकुमार दिक्पालको घरमा शुक्रवार दिउँसो विधुत सर्ट भएर आगलागी भएको छ ।

पत्रकार एवं साहित्यकार दिक्पाल हाल परिवार सहित पुर्चगलमा वस्दै आएका छन् ।

मध्य दिउँसो घरमा कोही नभएको वेला विधुत सर्ट भएर अचानक आगलागी भएको दिक्पालका भतिजा संजय लिम्वुले बताउनु भयो ।दिउँसो घरमा कोही नभएको वेला घरको धुरीको झ्यालबाट धुँवा आएको देखे पछिअचानक थाहा पाएको लिम्वुले वताउनु भयो ।

आफुले थाहा पाउँदा दिदि विजया लिम्वु सुत्ने कोठा र आफु सुत्ने अर्को कोठामा दनदनी आगो सल्केकोले २ वटै कोठाको कुनै सामान निकाल्न नसकिएको दिक्पालका भतिजा लिम्बुले वताउनु भयो ।
संजयको दिदि विजया भने नोपलगञ्ज विवाह भएको र चाँडै हङ्गकङ्ग जाने तयारीमा रहेका थिए । उनी चाँडै हङ्गकङ्ग जानु पर्ने भएकाले केही महिना अघि माईती आएकी थिइन । विजया र संजय दिक्पालका दाजुका छोरा र छोरी हुन । भतिजी विजयाको हङकङ्गजान तयारी गरिएको पासपार्ट,नागरिकता लगायत आवश्यक सम्पुर्ण कागजपत्र जलेर नष्ट भएको छ ।

चाडै हङ्गकङ्ग जाने भएपछि माईतीमा विदा माग्न उनी नेपागञ्जबाट केही समय अघि धनकुटा आएकी थिईन । उनको कोठामा रहेको नगद १ लाख, ५० हजार, २ तोला सूनको औठी जलेर नष्ट भएको छ । दिक्पालका दाजु मानवहादुर, आमा, भाउजू भने केही दिन अघि काठमाण्डौं गएका थिए ।

तीन तले ढुङ्गा माटो र च्याँदरको छानो भएको घरमा सिरान तलामा विधुत सर्ट भएर आयो लागेको थियो । विच तला खाली थियो, सिरानको तलामा दिदिभाई वस्दै आउनु भएको थियो । भुईँतलामा वोईलर कुखुरा पालेका थिए । सिरानको तलाको भित्री भागको काठपात पुर्ण रुपमा जलेर नष्ट भएको छ । घरको छानामा लगाईएको काठ सम्पुर्ण जलेकाले घर काम नलाग्ने भएको छ । आगलागीको कारण कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण घर सहित सरसामानको हिसाव गर्दा ८ देखी १० लाख वरावरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
धनकुटा नगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको करिव १ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको थियो ।

92Shares