आगलागी पिडित धन बहादुर ब्लोनको परिवारलाई राहत प्रदान

36Shares

चैत ५ धनकुटा
धनकुटा नगरपालिका वडा नं ६ सिरान बजारका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ । ८६ वर्षका वृद्ध धनवहादुर ब्लोन तामाङको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिकाले राहत स्वरुप नगद १५ हजार प्रदान गरेको हो । सो रकम समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । यस्तै गरी धनकुटा नगरपालिकाबाट खाद्यान्न, वडा पालिकाबाट खाद्यान्न र नेपाल रेडक्रस सोसाइटी धनकुटाको तर्फबाट गैरखाद्य सामाग्री प्रदान भयो गरिएको छ । राहात वितरण कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत , नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका सभापति हरिकुमार राई, नेपाली सेना,नेपाल प्रहरी प्रमुख ,उद्योग बाणिज्य संघका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । तामाङको घरमा हिजो आग्लागी भएको थियो ।

36Shares