उद्धोग बाणिज्य संघ द्वारा आगलागी पिडित वृद्ध धन बहादुर तामाङ्ग लाई राहत प्रदान

31Shares

धनकुटा उद्योग बाणिज्य संघद्धारा आगलागीबाट पूर्ण रुपमा घर ध्वस्त भई त्रिपालमा जिवन वताईरहेका धनकुटा ६ सिरानबजारका ८६ बर्षीय बृद्ध धन वहादुर तामाङ् सहित पीडित परिवार लाई राहत प्रदान ।।।
धनकुटा २ चैत्र,आगलागी भई घर पूर्ण रुपमा ध्वस्त भै त्रिपालमा जिवन वताई रहेका धनकुटा नगरपालिका वडा नं. ६ का आगलागी पीडित परिवारलाई आज धनकुटा उद्योग बाणिज्य संघले राहत समाग्री वितरण गरेको छ ।
धनकुटा नगरपालिका वडा नं. ६ का अग्नी पीडित ८६ बर्षीय बुद्ध धन वहादुर ब्लोन तामाङ्गको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य लिजा श्रेष्ठ,कार्यालय सचिव सिचन प्रधान लगायतले दैनिक उपभोग्य समाग्रीहरु प्रदान गर्नु भएको छ ।
८६ बर्षिय बुद्ध तामाङ्गको हालै आगलागी भै घर पूर्ण रुपमा ध्वस्त हुदा घर भित्र रहेका लत्ता कपडाहरु,भाडा बत्तनहरु,धन सम्पत्ति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघले अहिले सम्म दैविद प्रकोपका घट्नाहरुमा परी पीडित भएका धनकुटा जिल्लाका १ सय ४ जना पिडित व्यावसायी तथा सर्वसाधारण परिवारहरुलाई दैनिक उपभोग्य समाग्रीहरु प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

31Shares