चैत्र १० धनकुटा ।
धनकुटा नगरपालिका वडा न ५ को बडहरे सामुदायीक बनमा लागेको डढेलो आज विहान नियन्त्रणमा आएपनि फेरि डढेलो सल्किन थालेको छ ।
राती देखि लागेको ढडेलो नेपाली सेना, सशत्र प्रहरी नेपाल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आज विहान करिब ९ बजे आगो नियन्त्रणमा आएको थियो ।
आगलागि बाट भएको क्षतीको एकिन विवरण भने आइसकेको छैन ।