तेह्रथुम छथर- ३ का तामाङ्गकाे घरमा आगलागी हुदाँ लाखाैकाे क्षति।

18Shares

तेह्रथुम १६ चैत ।

तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा नं.- ३ लुकुवामा वसाेबास गर्दै आईरहेका फर्से तामाङ्गकाे घरमा आगलागी हुदाँ लाखाैकाे क्षति भएकाे छ ।

नजिकैकाे वनमा लागिरहेकाे डढेलाे तामाङको घरमा पस्दा दिउँसाे ४ बजेतिर तामाङ्काे घर, गाेठ, नगद, सुन, खाद्यान्न र लत्ताकपडा सवै जलेर नष्ट भएकाे हो ।

आगलागीबाट जलेर सवै खरानी भएपछी तामाङ्ग छरछिमेककाे साहारामा पाल टागेर घर नजिकै बसेका छन् । आगलागीबाट २ छाेरी ४ छाेरा र २ नाति रहेकाेमा अहिले ७ जनाकाे परिवार भने विचल्लीमा परेका छन् ।

हाल सम्म कतैबाट राहत उपलब्ध नभएको पिडित तामाङले बताउनु भयो ।आगलागीबाट नगद रु ६ लाख ४५ हजार ,२ ताेला सुन सहित जम्मा रु १५ लाख २५ हजार वरावरकाे क्षति भएकाे प्रहरी चाैकी शुक्रबारेले जनाएको छ ।

18Shares