धनकुटाको चुलिबन सामुदायिक बनमा भिषण आगलागी एक घर जलेर नष्ट।


चैत २१ धनकुटा ।-नरेन्द्र कश्चित

धनकुटा नगरपालिका वडा नं.-७ मा अवस्थित चुलिबन सामुदायिक बनमा भिषण आगलागि भइरहेको छ ।

चुलिबन सामुदायिक बनमा लागेको डढेलो बन छेवैमा रहेको धन बहादुर पौडेलको घर जलेर नष्ट भएको वडा नं-७ का वडा अध्यक्ष जंग बहादुर राईले बताउनु भयो ।
आगलागीबाट पौडेलको १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक रोहित शर्माले जानकारी दिनुभयो ।

डढेलोले कुनै मानवीय क्षति नभएको तर केही पशु चौपाया जलेर नष्ट भएको प्रहरी निरिक्षक शर्माले बताउनु भयो ।साथै एक गोठ जलेर नष्ठ भएको शर्माले बताउनु भयो ।

चुलिबन सामुदायिक बनको लगभग ४/५ हेक्टर वन जलेर नष्ट भएको जिल्ला बन कार्यालय धनकुटा प्रमुख मेघराज राईले बताउनु भयो ।

दुईवटा दमकलबाट आगलागी नियन्त्रण प्रयास जारी रहेको धनकुटा नगरपालिका वडा नं.-७ का वडा अध्यक्ष जंग बहादुर राईले बताउनु भयो । आगलागी नियन्त्रणको लागि जिल्ला बनका कर्माचारी,नेपाल प्रहरी,शसस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको प्रमुख राईले जानकारी दिनु भयो ।