धनकुटामा हिजो देखि लागेको आगो नियन्त्रण उन्मुख।

18Shares

चैत २२ धनकुटा ।-नरेन्द्र कश्चित

धनकुटा नगरपालिका वडा नं.-७ को नेपाल ट्रष्ट,घुमाउने चौतारो लगायतको क्षेत्रमा लागेको भिषण आगलागि नियन्त्रण उन्मुख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

नेपाली सेना,शसस्त्र प्रहरी बल,नेपाल प्रहरी,नगर प्रहरी र स्थानीय जनताको प्रयासमा भिषण आगालागि नियन्त्रण उन्मुख रहेको उपरिक्षक अधिकारीले बताउनु भयो ।

भिषण आगालागि नियन्त्रणका लागि तेह्रथुम,धनकुटा,धरान,इटहरी,विराटनगर र दमकको गरि ७ वटा दमकलले काम गरिरहेको धनकुटा नगरपालिका वडा नं-७ का वडा अध्यक्ष जंग बहादुर राईले बताउनु भयो ।

हाल माङदेन सामुदायिक बन र चाम्जिबुङ सामुदायिक बनमा डढेलो अघि बढिरहेको धनकुटा नगरपालिका वडा नं-७ का वडा अध्यक्ष राईले जानकारी दिनु भयो ।

हिजो चुलिबन सामुदायिक बन छेवैमा लागेको डढेलो बन छेवैमा रहेको धन बहादुर पौडेल र इन्द्र बहादुर रसाइलीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आगालागिबाट लगभग २ सय रोपनी जंगल जलेर नष्ट भएको वडा नं-७ का वडा अध्यक्ष जंग बहादुर राईले जानकारी दिनु भयो ।

18Shares