शहिदभुमी गाउपालिका १ मा आगलागिले २ घर जेलेर नष्ट

0Shares

चैत २२ धनकुटा ।
धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं १ मा आगलागीको कारण आज २ वटा घर जेलेर नष्ट भएको छ । त्रिवेणी सामुदायिक वनमा हिजो देखी लागेको डढेलोको कारण नर वहादुर वोगटी र उहाँका छोरा राज वहादुर वोगटीको टिनको छाना भएको काठको एउटा र फुसको छाना भएको ढुंगा माटोले वनेको अर्कोे घर पूर्ण रुपमा जलेको वडा नं १ का वडा सदस्य सोम वहादुर राना मगरले जानकारी दिनुभयो । आगलागीको कारण बुबा छोरा कै गोठ,वाख्राको खोर र ४ वटा वाख्रा समेत जलेको उहाँले वताउनुभयो । घरमा रहेको भाडावर्तन,लत्ताकपडा,अन्न सहितका समाग्री जल्दा जम्मा ७ लाख वरावरको क्षती भएको अनुमान गरिएको छ । आगलागि पीडित परिवार अहिले आफन्तकोमा वसेका छन् । उनिहरुलाई गाउँपालिका सँग समन्वय गरि राहत उपलव्ध गराईने वडा सदस्य मगरले वताउनुभयो । त्रिवेणी सामुदायिक वनदेखी शूरुभएको डढेलो अहिले खैरेनी सामुदायिक वनको वीच भागमा पुगीसकेको छ । डढेलो नियन्त्रणका लागि स्थानिय सहित प्रहरीले प्रयास जारी राखे पनि हावाहुरीको कारण नियन्त्रणमा आउन सकेको छैन ।

0Shares