आगालागि पीडित पौडेललाई राहत प्रदान।


चैत २३ धनकुटा ।

धनकुटा नगरपालिका वडा नं ७ का आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।

पीडित धन वहादुर पौडेलको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फवाट नगद १५ हजार रुपयाँ राहत प्रदान गरिएको हो ।

त्यस्तै उद्योग वाणिज्य संघको तर्फबाट खाद्यान्न र नेपाल रेडक्रस सोसाईटीको तर्फबाट कम्मल,पाल,भाडा वर्तन, कपडा लगायतका सामाग्री प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य-सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्याल, धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मी, उद्योग बाणिज्य संघ, धनकुटाकी उपाध्यक्ष तारा तितुङ्ग र नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका मन्त्री छत्र कुमार श्रेष्ठ लगायतको टोली पीडितको घर मै पुगी राहत रकम वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

चुलिवन सामुदायिक वनमा लागेको डढेलोको कारण हिजो पौडेलको घरमा आगलागी भएको थियो ।