समाजसेवी शिव ईमेहाङ्गद्वारा अग्नि पिडितलाई राहत स्वरुप सहयाेग प्रदान

29Shares

तेह्रथुम ३ बैशाख
तेह्रथुम जिल्ला छथर गाउँपालिका २ हमरजुङ खैरेनीका अग्नी पीडितलाई राहत स्वरुप सहयोग प्रदान गरीएको छ । तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङलाई कर्मथलाे वनाउदै अाउनुभएका समाजसेवी शिव ईमेहाङ लिम्बुले पीडित परिवारलाई सहयोग गरेका छन ।

आगलागीका कारण विचल्लीमा परेका लेकबहादुर श्रेष्ठ र चोखता श्रेष्ठलाई सहयोग गरेका हुन । ईमेहाङले अग्नि पिडित दुई परिवारलाई चामल ५० के जी काे १-१ वाेरा, सिरक, ढसना, कराइ, भड्डुको साथमा नगद रु. ३/३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
छथर सुक्रबारे बजारमा एक कार्यक्रमका विच पीडित परिवारलाई छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवाले हस्तान्तरण गरेका थिए ।
आगलागीले मानिस बस्दै आएका दुई घर जली नष्ट भएकाे हाे । दुई घरमा जम्मा रु. ११ लाख ४६ हजारकाे क्षती भएको सुक्रबारे प्रहरी चौकीले जनाएको छ । आगलागीले बस्तीका घर र गोठहरु गरि जम्मा १० वटा जलेर नष्ट भएको थियो । अन्य क्षती भने मानिस नभएका कारण विबरण संकलन भई रहेको प्रहरीले जनाएको छ ।

सहयोगदाता ईमेहाङले विगत ५ वर्षदेखी खडेरीले भाेकमारीमा परेका लाई चामल , अार्थीक अभावका कारण उपचार गर्न समस्यामा परेकालाई नगद, चिसाेका कारण कठाङ्ग्रिन पुगेकालाई न्यनाे सिरककाे व्यास्थाकाे सहयाेग लगायत अाफुले अध्यपन गरेकाे छथर गाउँपालिका – ४ मा रहेकाे नवीन शिक्षा सदन माध्यमिक विद्यालयमा स्व. बाजे मेगनाथ र बाेजु जसरानीकाे नाममा रु दुई लाखकाे मेगनाथ जसरानी अक्षयकाेषकाे स्थापना गर्नु भएकाे थियाे ।

29Shares