असिनापानीबाट पीडित कृषकहरुलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेसको माग

2Shares

वैशाख ५ धनकुटा ।

धनकुटामा लगातार रुपमा असिना सहित परेको बर्षाले जिल्लामा कृषकहरुले लगाएको तरकारी तथा फलफुल खेतीलाई पूर्ण रुपमा क्षती भइ
करोडौ रुपैया वरावरको नोक्सान पु¥याएकोले पीडित कृषकहरुलाई राहत उपब्ध गराउन सरकार समक्ष नेपाली कांग्रेस धनकुटाले जोडदार माग गरेको छ ।

धनकुटा जिल्लाभरी लगातार रुपमा केही दिन अघि असिना सहितको बर्षाले तरकारी
तथा फलफुल खेतीमा नराम्रोसंग क्षती पु¥याई करोडौ वरावरको कृषकहरुलाई
क्षती भएकोले पीडित कृषकहरुलाई तत्काल राहत उपलब्ध गराउन नेपाली कांग्रेसका धनकुटाले प्रेस विज्ञप्ती जारी गरी संघीय सरकार,प्रदेस
सरकार र स्थानीय सरकार लगायत सवै सरोकारवाला निकायहरुसंग माग गरेको छ ।

कृषकहरुलाई निशुल्क गुणस्तरीय मल बिउ उपलब्ध गराउन समेत सवै
तहका सरकार समक्ष नेपाली कांग्रेस धनकुटाले सो विज्ञप्ती मार्फत माग गरेको छ ।

2Shares