असिनाका कारण क्षति भएको विवरण पेश गर्न किसानहरुलाई छ्थर जोरपाटी गाउपालिकाको सुचना

17Shares

बैसाख ५ धनकुटा ।

बैसाख २ गते परेको असिनापानीका कारण कृषकको कृषिबालीमा भएको क्षतिको बिवरण पेश गर्न छथर जोरपाटी गाउँपालिकाले किसानहरुलाई सूचना जारी गरेको छ ।

पालिकाको कृषि शाखाले ५ दिनको समय सिमा राखेर सोमबार भित्रमा क्षतिको विवरण र फोटो सहितको बिवरण बुझाउन सबै वडामा सुचित गरिएको शाखाका प्रमुख मिलन कार्कीले जानकारी दिनु भयो ।

असिनापानीले बाली नष्ट भएपछि पालिकाका उपाध्यक्ष भीमकला क्षेष्ठको नेतृत्वमा क्षतीको बिवरण संकलन गर्ने काम भईरहेको छ ।हाल सम्म वडा नं. ६ को मजुवा,नाम्जाङ,वडा नं.२ को सल्ले,वडा नं. १ हात्तिखर्कको पिङडाँडा,फलाँटे क्षेत्रमा तथ्यांक सर्भेक्षण गरिएको छ । प्रारम्भिक सर्भेक्षण अनुसार हाल सम्म १५ करोड बरावरको तरकारी बालीको क्षति भएको बिवरण प्राप्त भएको गाँउ पालिका कृषि तथा भेटेनरी शाखाले जानकारी दिएको छ।

संकलन भएका बिवरणहरु गाँउ पालिकाको आर्थिक समितिमा पेश गरिने भेटेरेनरी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनु भयो ।

17Shares