तरकारी बालीमा पुराएको क्षति बारे कांग्रेस धनकुटाको स्थलगत अवलोकन सम्पन्न

26Shares

वैशाख ७ धनकुटा ।

धनकुटाको छथरजोरपाटी गाउपालिका र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगामा असिनापानीले तरकारी तथा अन्य बालीमा पुगेको क्षति सम्बन्धमा नेपाली कांग्रेस धनकुटाले स्थलगत अवलाेकन गरेकाे छ ।

पार्टीका जिल्ला सभापति सहितको टोलीले प्रत्यक्ष रुपमा अवलोकन गरी क्षतिको विवरण समेत संकलन गर्दै पीडित किसानलाई तत्काल राहत उपलव्ध गराउन कांग्रेसले सरकार समक्ष माग समेत गरेकाे छ ।

टाेलीले छथरजोपाटीको परेवादिन क्षेत्र र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगाको विभिन्न क्षेत्रमा स्थलगत अवोलकन गरी पीडित कृषकहरुलाई राहत उपलब्ध गराउन स्थानीय,प्रदेश र संघिय सरकार समक्ष माग गरेको हो ।

टाेलिमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,नेपाल तरुण दल क्षेत्रिय सभापति तिलक महत लगायतकाे सहभागिता थियाे ।

केही दिन अघि परेको असिना पानीले जिल्लाको छथरजोरपाटी गाउँपालिकाको परेवादिन र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगा तथा धनकुटा नगरपालिका क्षेत्रकाे विभिन्न स्थानमा लगाएको बन्दकोपी,
फुलकोपी,आलु,मोटर कोसा,साग लगायतका तरकारी बाली सहित एभोकाडो,सुन्तला,जुनुवार,लिचि लगायत फलफुल नष्ट हुँदा कृषकहरुले करोडाै रुपैँया वरावरको क्षति वेहार्नु परेको टाेलीमा संलग्न नेपाली कांग्रेसका जिल्ला सभापति अग्नि पौडेलले वताउनुभयो ।

26Shares