असिनापानीबाट ४८ करोडको क्षति भएको छथरजोरपाटी गाउँपालिकाको प्रतिवेदन सार्वजनिक

62Shares

वैशाख १० धनकुटा ।

बैसाख २ गते परेको असिनापानीबाट धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ४८ करोड बराबरको तरकारी,फलफुल तथा नगदेबाली नष्ट भएको पालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको कृषि शाखाले गरेको अनुगमन तथा सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार वडा नं.२,५,६ मा लगाईएको सबै बालीहरु र अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी वडा नं.६ मा २० करोड भन्दा बढीको सब्जी तथा अन्य बालीहरुको क्षती भएको छ । त्यसपछि वडा नं.५ मा १३ करोड र वडा नं. २ मा ११ करोड बरावरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पालिकाको कृषि तथा पशु शाखाले ६ वटै वडाको क्षति बिवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेश गरेको छ ।

७ गते मंगलबार बसेको पालिकाको बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ,प्रदेश र सम्बिन्धित निकायहरुमा पहल गर्ने निर्णय गरेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

असिनाबाट काउली,बन्दा,
आलु,रायो,मटरकोसा,खुर्सानी,मकै,गोलभेडा,काँक्रो,
अलैची,अम्रिसो,घाँस तथा फलफुल र केहि चौपाया समेत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

62Shares