यी १८ बर्षिय युवतिले जानी जानी अमेरिकामा कोरोना सार्दै किन हिडिन त ?

69Shares

एजेन्सी चैत्र २५ । १८ वर्षकी एक किशोरीले सामाजिक संजालमा भिडियो अपलोड गरेर आफू को’रोनाभा’इरस सं’क्रमित भएको र अरुलाई पनि जानीजानी भा’इरस सारिरहेको दा’वी गरेकी छिन् । यी किशोरी अमेरिकाको टेक्सस राज्यको क्यारोल्टन शहरकी भएको माइटेक्ससडेलीको समाचारमा उल्लेख छ । भिडियो सार्वजनिक भएपछि पुलिसले यी किशोरीको खोजी गरिरहेको छ । सामाजिक संजालमा भिडियो भाइरल भएपछि स्थानीय पुलिसले ट्वीट गर्दै यसबारे जानकारी दिएको छ ।
पुलिसका अनुसार यी किशोरीको पहिचान भइसकेको छ तर उनलाई प’क्राउ गर्न बाँकी छ । पुलिसका अनुसार भिडियोमा आफू सं’क्रमित भएको र जानीजानी अरुलाइ सं’क्रमित गरिरहेको दा’वी गर्ने किशोरीको नाम लरेन माराडिआगा हो । लरेनमाथि आ’तंक फैलाएको अभियोगमा मु’द्दा चलाइने पुलिसले जनाएको छ । पुलिसले आम मानिसहरुलाई लरेनबाट धेरै ख’तरा छ कि छैन भन्ने कुराको भने पुष्टि हुन नसकेको जनाएको छ किनकि लरेन सााच्चै सं’क्रमित हुन् वा त्यसै हल्ला फैलाएकी हुन् भन्ने खुलासा भइसकेको छैन ।
यद्यपि लरेनले यसरी ध’म्की दिएपछि भने कार’वाही ग’म्भीर रुपमा अगाडि बढाइएको छ । पुलिसले लरेनको गि’रफ्ता’रीको लागि आम नागरिकसँग अपिल गरेको छ । पुलिसले लरेनको बारेमा कुनै जानकारी भए आफूहरुसँग साझा गर्न आम नागरिकलाई आग्रह गरेको छ । अमेरिकामा को’रोनाभा’इरस सं’क्रमितको संख्या ३ लाख ३६ हजार नाघिसकेको छ । ९ हजार ६ सयभन्दा धेरैको मृ’त्यु भ’इसकेको छ ।

69Shares