भारतको गोवाबाट आयो यस्तो सन्देश। सबै नेपालीले पढ्नै पर्ने।

117Shares

२८ चैत्र /भारतमा नोकरी गरेर बस्ने लाखौ नेपाली छन। कर्म गर्न भारत गए पनि आफ्नो जन्म भुमी नेपाललाई सबैले माया गरेका हुन्छन।
अहिले कोरोनाको कारण भारतमा लकडाउन छ।कति नेपाली हरु आफ्नो देश नेपाल फर्किन चाहिरहेका छन। भारत मा तिब्र गतिमा कोरोना सङ्ग्क्रमण फैलिन थाले पछि सबै नेपाली हरु नेपाल फर्किन चाहिरहेको बेला त्यहा स्थित गोवा राज्य मा नोकरी गरिरहेका एकजना नेपाली केशर परियारले भारतको लकडाउन अप्रिल १४ मा खुल्ने बित्तिकै भारतबाट नेपाल जान चाहने नेपाली हरुलाइ एक सन्देश फेसबुकमा लेखेका छन।
अहिलेको बिस्वब्यापी रुपमा फैलिरहेको कोरोनाले विश्व सखाप परिरहेको छ। हाम्रो नेपाल मा पनि क्रमिक रुपमा फैलिरहेको छ। यो बिपत्तिको समयमा यहाबाट नेपाल जान ठिक छैन। आफ्नो देश, छिमेकी र परिवारको लागि भए पनि अहिले तत्कालै नेपाल नजान अनुरोध गरेका छन। उनको जस्ताको तस्तै सन्देश यहाँ हेर्नुहोस
भारतको गोवामा बस्ने सम्पुर्ण नेपाली दाजु भाइ दिदीबहिनी हजुरहरु मा मेरो नमस्कार 🙏यो मेरो भनाइ हो गल्ती भए माफी चाहान्छु ।
कुरो अप्रिल 14 मा भारत मा lock down खुल्छ।अनि 15 गते नै नेपाल नै हिड्ने हो भन्नेहरु अलिकति दिमाग् पनि लागाउनुस हो म पनि गोवा मै छु । र म मेरो होइन मेरो घरपरिवार छोरा छोरी आमा बुवा दाजु भाइ इस्टमित्र गाउँ समाज र देशको लागि भएपनी नजाने निधो गरेको छु। र जाने हरुका लागि मेरो प्रश्न ताकि नेपाल लाई इटली जस्तो माहामारी रोग को सिकार नबनाउन थोरै भएपनि सहयोग मिलोस

1) जाने ट्रेनमा हो र भारतमा नेपाली को संख्या कति छ?

2) जाने बाटो महाराष्ट्र दिल्ली हुँदै जाने हो ।तेहा कोरोना रोग को प्रभाव कस्तो छ हामीलाई थाहा नै छ। र तेहा का नेपाली हरु पनि जाने नै हुन।र हाम्रो यात्रा कति सुरक्षीत हुन्छ?

3)यहाँ भारत मा Lock down त खुल्ला तर उता नेपाल बैशाख 8 गते सम्म lockdown घोसना गरेको कुरा जान्कारी छ ।कि नाइ?

4) बाउडर बन्द छ। र नेपाल सरकारले भित्रयाउन मान्दैन पनि बस्ने कहाँ ?अझ सुनेको छु 5/7 दिन क्वारेन्टाइन मा बसे भै हाल्छ। तेहाको बसाइ अनि तेहा गरिने बेभार खाना बस्न को बेबस्ता र कस्तो कस्तो मान्छे सङ बस्नु पर्ने हो । सोच्नुस😏कतै तेहि नै रोग लाग्ने हो कि?

5) सचिकै रोक को नै डर हो भने गोवा प्रदेश मा अहिले सम्म 6 जना कोरोना सन्क्रमित छ। भने नेपाल मा 9 पुगेको सब्बैलाइ थाहा नै छ। होला हैन? नेपाल मा बढ्ने क्रम मा छ। भने गोरा राज्य याथास्थिति मा रहेको सब्बैलाइ नै थाहा छ।

6) दु:ख पर्दा देश खोज्ने होइन हजुर दु:ख पर्दा देश जोगाउन।पनि सक्नु पर्छ। हर परिस्थिति को सामना गरेर भए नि यो हामी नेपाली को विशेषता पनि हो।

7 ) अनि भोक भोकै मैरियो भन्ने हरुक्या। गोवा सरकार ले रासन दाल चामल पन्चायत ले हर ठाउँ बाडि राख्या छ। अझै भैन भनेर पाकेको खाना प्याकिङ गरेर रोड रोड मा बाडि राख्या छ। त

8) अनि सचिकै 3 मैना सुतिसुती खाना पुग्ने हाम्रो हैसेत भाको भए अर्काको ठाउमा गुलामी गर्न पनि आउने थिएनौ। र नेपाल मा पनि गाह्रो नै हुन्थ्यो होला । मागेर खाना लाई ।

9) सुन्नु भाको होलानी हजुर हरु ले पनि हिजो आज भारत देखि गाको मान्छे लाई गाउसमाज मा कुन बेबहार गर्छन। कस्सम कुकुरको नजिक बस्छन रे तर ……😭

                    तेसैले अब थोरै समय धैर्य गरम सब्बै ठिक हुँदै जान्छ। आत्तिनु पर्ने कुनै कुरा छैन।यहि save भएर बस्नु हाम्रो लागि एक्दम ठिक छ।अरु जुन्सुकै तरिका पनि हाम्रो लागि एक्दम घातक छ। र आफ्नै खुट्टामा बन्चरो  हाने बराबर हो । यो मेरो भनाइ हो ।कसैको चित्त नबुझे ।माफी चाहान्छु। धन्यवाद !!
117Shares