डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका सबै बिदेशिहरुले ७ दिन भित्रमा अमेरिका छोड्न चेतवानी दिए। अटेरी गर्नेको भिसा रद्द गरिने।

250Shares

चैत्र ३०/  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् ।
विश्वका देशहरूले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता नलगे जरिवाना तिर्नुपर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लग्न अटेर गर्ने विदेशी नागरिकहरूलाई ज,रि,,वा,ना तिर्नुपर्ने एक आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।अमेरिकाले विदेशी नागरिकले अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा खतरा थपेकाले सम्बन्धित देशलाई नागरिक फिर्ता लान भनेको हो ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको सूचनामा भनिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । “अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् ।”
यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने जनाइएको छ । विश्वका देशहरूलाई ७ दिन भित्र आ–आफ्ना नागरिकलाई अमेरिकाबाट फिर्ता लग्न भनिएको छ । यसको पालना नभए कारबाही गरिनेछ ।काेराेना संक्रमण फैलाउने बिदेशी नागरिकहरुप्रति ट्रम्पकाे याे आदेश लक्षित भएकाे बुझिएकाे छ ।

250Shares