अमेरिकामा एकै दिनमा २५२५ जनाको मृत्यु। इतिहासकै घातक आक्रमण – ट्रम्प

70Shares

बैशाख २५/ एजेन्सी – अमेरिकामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ दुई हजार ५२५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७९६ पुगेको छ । अमेरिकामा एकै दिन २५ हजार २५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८९० रहेको छ । जसमध्ये १५ हजार ८२१ को स्थिति गम्भीर छ ।

यद्यपि, संक्रमितमध्ये दुई लाख १२ हजार ९ ६५ उपचारपपछि निको भएका छन् । यस सन्दर्भमा ट्रम्प ले अमेरिकाको इतिहास कै अति घातक आक्रमण भएको बताएका छन।

70Shares