मलेसियामा अलपत्र परेका नेपालीहरुको लागि खुशिको खबर।अवस्य पढ्नुहोला।


बैशाख २६/ मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ । जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिख’सम्म १४ दिनको स्वदेश फिर्ताको समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।

‘जनवरी १ देखि भिसाको म्याद सकिएकाहरुलाई मलेसियाको अध्यागमन विभागमा गएर स्वदेश फर्कन पाउने अवसर छ,’ राजदूत पाण्डेले भन्नुभयो, ‘यसबारे हामीले परराष्ट्रमा जानकारी पठाएको छौं, आजसम्म कुनै प्रतिक्रिया आएको छैन, त्यसैले यसबारे थप भन्न सकिने अवस्था छैन ।’
अवैधानिक रुपमा विदेशमा बस्दा श्रमिकलाई समस्या हुने भएकाले पनि यसरी अवसर पाएका बेला नेपालीलाई स्वदेश फर्काउनुपर्ने राजदूत पाण्डेको भनाइ छ । उहाँले भन्नुभयो, ‘परराष्ट्रलाई नेपाली फर्कन पाउनुपर्छ र फर्काइनुपर्छ भनेर भनेका छौं, प्रतिक्रिया आएको छैन ।’
कुवेतले आफ्नै खर्चमा पठाउने, मलेसियामा भने श्रमिक आफैंले खर्च गर्नुपर्ने कुवेत सरकारले आममाफीमा सहभागी हुनेलाई आफ्नै खर्चमा सम्बन्धित देशमा पुर्‍याउनेछ । अप्रिल २६ देखि ३० सम्मको अवधिमा सहभागी भएका नेपालसहित, भारत, बंङ्लादेश, फिलिपिन्सलगायतका देशका नागरिकलाई अहिले कुवेतले आफ्नै खर्चमा राखेको छ ।
फिलिपिन्सले आफ्ना केही नागरिकलाई लगे पनि भारत, बंङ्लादेश लगायतका देशका नागरिक अहिले कुवेत सरकारकै सेल्टरमा स्वदेश फर्कने बाटो कुरिरहेका छन् ।
तर मलेसियाले दिएको अवसरमा सहभागी भएर स्वदेश फर्कनेले भने लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने राजदूत पाण्डेले बताउनुभयो । अघिपछि अवैधानिक श्रमिकलाई धरपकड गरेर पठायो भने अर्कै प्रक्रिया हुन्छ ।जेल बस्नुपर्ने हुन्छ । तर यो अवसरको सदुपयोग गरेर फर्कंदा भने फर्कने खर्च आफैंले व्यर्होनु परे पनि अन्य कानुनी झण्झटबाट मुक्त हुने राजदूत पाण्डेको भनाइ छ ।