नेपालमा कोरोना महामारीले खाता खोल्यो। भर्खरै एक महिलाको मृत्यु। नेपाल पनि अछुतो रहेन अब।

20Shares

जेष्ठ ३/ सिन्धुपाल्चोक निबासी २९ बर्षिय एक महिलाको कोरोना भाइरसका कारण आज मृत्युु भएको छ।

बैशाख २३ गते डेलिभरी केसका लागि त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका एक महिला २४ गते डेलिभरी भई २५ गते डिस्चार्ज गराएर घर सिन्धुपाल्चोक गएकी थिइन। साधरण श्वास प्रश्वासको समस्या भए पछि उपचारको लागि स्थानीय स्वास्थ चौकिमा भर्ना भएकी थिइन। स्थिति जटिल हुँदै गएपछी धुलिखेल अस्पताल आउदै गर्दा मृत्यु भएको हो। कोभिड -१९ सम्बन्धि परिक्षण गर्दा पोजेटिभ देखिएपछी स्वस्थ्य मन्त्रालय द्वारा कोरोना भाइरस्का कारण मृत्यु भएको पुष्टि गरेको हो।
आज बेलुकी ५.४० बजे स्वस्थ्य मन्त्रालय ले प्रेस बिज्ञाप्ति निकाल्दै उक्त महिलाको मृत्यु कोरोनाको कारण भएको घोषणा गरेको छ। यो घोषणा सङ्ग सङ्गै नेपालमा कोरोनाको कारण मृत्यु हुने पहिलो नम्बर भएको छ। स्वास्थ मन्त्रालयको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमितको सङ्ग्ख्या २७९ बाट आज २ बढेर २८१ जना पुगेको छ।

20Shares