कोभिड १९ को सङ्क्रमण नेपाली लाई खाडी देशमा दयानिय। हेर्नुस रिपोर्ट ।

14Shares

जेष्ठ १९– कोरोना भाइरस संक्रमणको जोखिम नेपालमा भन्दा खाडी मुलुक मा रहेका नेपाली हरुमा बढी देखिएको छ। खाडीमुलुक यूएईमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या १९ पुगेको छ ।


त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको एनआरएनए आइसीसीका स्वास्थ्य समिति संयोजक डा संजीव सापकोटाले जानकारी दिए । उनका अनुसार यो तथ्याङक शनिवार साँझसम्म एनआरएनए यूएईले संकलन गरेको हो । संक्रमितमध्ये कतिपय नेपाली निको समेत भएको उनले बताए ।
यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन । तर, पनि एनआरएनए यूएईले आफ्नो तरिकाले संक्रमित नेपालीहरुको तथ्याङक संकलन गरेको उनले जानकारी गराए ।
यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६४ जनाको ज्यान गएको छ । त्यस्तै १७ हजार ९ सय ३२ जना उपचारपछि निको भएका छन्।

14Shares