अनलाईन थारु डान्स कार्यक्रमले लाखौं युवाको सपना पूरा गर्ने।यस्तो छ रोचक।

126Shares

जेष्ठ ३०/ मैथिली तथा थारु नायक सन्जय चौधरी उर्फ सन्जु बाबा ले विभिन्न ठाउँमा रहदै आएका युवा पुस्तालाई आफ्नो लुकेको नृत्य कलालाई उजागर गरि आफुलाई कलाकारको रुपमा उभाउन सक्षम गराउन का लागि अनलाइन द्वारा विश्वभरी रहेका युवा हरुलाई अनलाइन थारु डान्स कार्यक्रम को आयोजना गरि जोडिन आह्वान गर्नुभएको छ।
हरेक सनिबार र आइतबार गरि प्रत्येक हप्ताको २ वटा इपिसोड मा अडिसन लिइरहेको छ। यो अडिसनमा बिस्वका बिबिन्न ठाउमा रहेका नेपाली युवाहरुले आफुले थारु गितमा डान्स गरेको भिडियो ईमेल या व्हाटएप्स मार्फत कार्यक्रम लाई पठाउनु पर्नेछ। हरेक सहभागी हरुले पठाएका प्रस्तुति आधारमा सहभागी छानिने छ। हरेक हप्ताको २ इपिसोड मा प्रस्तुति दिदै निर्णायक को मन जित्न सफल हुनु पर्नेछ। त्यसरिनै सहभागी मध्येमा उत्कृष्ट लाई अर्को राउन्ड सम्म लगिने छ।
सन्जु बाबाका अनुसार यो कार्यक्रममा थारु भन्दा अन्य समुदायले पनि भाग लिन सकिनेछ तर थारु गित हुनुपर्नेछ। सोलो अर्थात एकल डान्स लाई मात्र सहभागी गराइनेछ। जस्मध्ये थारु परम्परागतमाक डान्स लाई बढी ग्रह्यता दिइने छ।
अडिसन समयमा भिडियो कम्तिमा १.५ मिनेट र बढिमा २.५ मिनेटको हुनुपर्नेछ। निर्णायक हरुको निर्णय अनुसार उत्कृष्ट हुँदै टप दस हुँदै ग्रान्ड फिनालेमा उत्कृष्ट ३ सहभागी हरुलाई प्रतिस्पर्धा गराई पहिलो, दोश्रो र तेस्रो प्रतिस्पर्धि छानिने छ। जेष्ठ १५ गतेबाट सुरु भइ असार १५ गतेसम्म अडिसन चलनेछ।
सन्जु बाबा को निर्देशनमा सन्चालित यो कार्यक्रम लाई AB music ले सन्चालन गरिरहेको छ भने कार्यक्रम को मुख्य प्रायोजकमा आशिन सुपरमार्केट, थारु चलचित्र जानम, प्रेम बन्धन रहेका छन।
अन्लाईन मार्फत चलाइने यो कार्यक्रम मा निर्णायक हरु पेमा लामा, वीर चौधरी, सुरेश चौधरी, ममता चौधरी र श्री निबाश चौधरी रहेका छन। कार्यक्रम का बिजेताहरुलाई पहिलो, दोस्रो, र तेस्रो लाई क्रमश: रुपैया १५०००, १०००० र ५००० का साथै प्रमाणपत्र प्रदान गरिनेछ।
यस कार्यक्रम हरेक इपिसोड नेपालको बिराट टेलिभिजन बाट प्रत्यक्ष प्रसारण भैरहेको छ।

126Shares